
दाङ, २१ पुस । तेस्रो आँखा अनलाइनकी सहसम्पादक अञ्जना चौधरी सम्मानित भएकी छिन् ।
थारु कल्याणकारिणी सभा दाङ देउखरले आयोजना गरेको माघ साँस्कृतिक महोत्सव २०८० मा चौधरी सम्मानित भएकी हुन् । थारु समुदायको आर्थिक जागरण, साँस्कृतिक रुपान्तरण र सामाजिक उत्थानमा पत्रकारिता मार्फत योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।
पत्रकार अञ्जनाले पछिल्लो समय थारु भाषा, कला, संस्कृतिको विषयमा कलम चलाउँदै आएकी छिन् । साथै कार्यक्रममा पत्रकार सविन प्रियासन चौधरी, सन्तोष दहित, छवी पुरीलगायत थारु समुदायमा विशिष्ट योगदान पुर्याउने कलाकार, समाजसेवी, थारु अगुवा, महटावा र कृषकलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार