२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

अखिल क्रान्तिकारीकाको विद्यार्थी जागरण अभियान सुरु

दाङ, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङ विद्यार्थी जनजागरण अभियान सुरु गरेको छ । संगठन निर्माण तथा सुदृढीकरण लक्ष्य सहित अखिल क्रान्तिकारी दाङले अभियानको थालनी गरेको हो । जस अन्तर्गत अखिल क्रान्तिकारी दाङले आईतवार श्री जनकल्याण माध्यामिक विद्यालय अन्तर्गत सि.टी.ई.भि.टि. तर्फ भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । 

भेलाले कमल डिसीको अध्यक्षतमा ९ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षहरु  दिपा रोका,चित्रा बोहरा र तुलषा बोहरा, सचिवमा निकेश भण्डारी ,सहसचिवमा नवीन केसी र शुभद्रा कार्की र कोषाध्यक्षमा ननिता बुढा रहनुुभएको छ । 

अखिल क्रान्तिकारी तुलसीपुर नगर समिती संयोजक बोधराज विस्वकर्माको अध्यक्षता तथा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका सचिब मदन जिएमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एवं नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रीय समितीका प्रमुख सचिब अभय प्रताब चौबे , अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा,  नेकपा माओवादी केन्द्र तुलसीपुर  उपमहानगरपालिक वडा नं. १८ सह–सचिब गिरिराज नेपाली लगायतले विद्यार्थी जागरण अभियानले संगठन निर्माण र सुदृढीकरणमा साथर्कता प्रदान गर्ने बताउनुुभएको थियो । 

उक्त कार्यक्रममा  अखिल क्रान्तिकारी दाङका कार्यालय  सदस्य गोबिन्द मल्ल  सहभागीहरुको जिज्ञासा लगायतका विषयमा प्रशिक्षाणत्मक मन्तव्य राख्नुुभएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्नु भएको थियो भने अखिल क्रान्तिकारी दाङका जिल्ला समिती सदस्यहरु गणेश पौडेल , भुपेश खत्री, जेनि शर्मा ढकाल मंगल  थारु , पुस्पराज न्यौपानेको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस