२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

देउवासँग कुरा नमिलेपछि कांग्रेस संस्थापनइतर समूहको विशालनगरमा छुट्टै बैठक

काठमाडौ, २२ पौष । राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयनमा सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि कांग्रेस संस्थापनइतर समूहको छुट्टै बैठक बसेको छ । शेखर कोइराला समूहले कांग्रेसले भाग पाएको १० मध्ये ४ सिटमा दाबी गरेको थियो । तर, देउवाले तीन सिट मात्र दिने बताएको नेताहरूले बताएका छन् । 

आज बिहान गठबन्धनको बैठकपछि शेखर कोइराला र महामन्त्री गगन थापाले सभापति देउवासँग छलफल गरेका थिए । सो छलफलमा कुरा नमिलेको बताइएको छ । देउवासँग कुरा नमिलेपछि शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा सो समूहका नेताहरूको बैठक बसिरहेको छ ।

हालै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको मापदण्ड लागू गर्न सभापति देउवा तयार नभएको कोइरालापक्षीय नेताहरूको आरोप छ । 

इतर समूहको बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापा र नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत छन् ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस