२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

स्वर्गिय तिवारीको १३ औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धान्जलीसभा

दाङ , २२ पुुष । घोराही उपमहानगरपालिका वडा नं. १ माले निवासी स्वर्गिय दिलबहादुर तिवारीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले श्रद्धान्जलीसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) घोराही उपमहानगरपालिका वडा नं. १ वडाध्यक्ष भिमसेन बुढाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यका प्रमुुख आतिथ्यता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दाङका संयोजक तुलसीराम पुन (सुवास)को विशष्टि आतिथ्यतामा सम्पन्न भएको हो । 

श्रद्धान्जलीसभाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज आचार्यले माले गाउँ र माओवादीको सम्वन्ध जनयुद्धको स्थापनाकालदेखि नै रहेको रहेको चर्चा गरेका थिए । तत्कालिन समयमा माओवादीको एक विशेष थलोको रुपमा रहेकाले माओवादी र माले गाउँ अझै पनि हरेक दृष्टिकोणले समदुरीमै रहेको उनको भनाई थियो । माले गाउँमा २०५५ सालमा दाङ, सल्यान र प्यूठान जिल्लाको संयुक्त बैठक समेत भएकाले माओवादी र माले गाउँ माओवादीहरुले विशेष तवरतरिकाले स्मरण गर्ने गरेको बताउदै स्वर्गिय दिलबहादुरको अगुुवाईमा पार्टी संगठनको विकास मात्रै नभई दुुर्गम माले गाउँ सुुगम बन्दै गइरहेको उनको भनाई थियो । जसलाई अझ केहीहदसम्म अझै पूर्णता दिन वाँकी रहेको पनि उनको भनाई थियो । प्रमुख अतिथि आचार्यले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानल अझ माओवादी र माले गाउँको सम्वन्धलाई प्रगाढ बनाएको उनको भनाई थियो । 

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन (सुवास)ले माले उपमहानगरपालिकाभित्रको दुुर्गम गाउँ अर्थात हरेक कुराले पछि परेको गाउँ रहेकाले मालेगाउँ र माओवादीको सम्वन्ध अविच्छिन रुपमा जोडिदै आइरहेको बताएका हुन । माओवादीको आन्दोलन र लक्ष्य पनि दुुर्गम र दुुखीको उत्थान रहेकाले माले गाउँ र माओवादी त्यहि अभियानमा जनयुद्ध स्थापनाकाल देखि नै जोडिदै आइरहेको बताएका हुन । 

कार्यक्रममा केन्द्रिय जनसस्कृतिक बिभाग सदस्य राम प्रसाद जैसी , नेकपाका केन्द्रिय सदस्य यमलाल पुजाली , नेकपा माओवादी केन्द्रकी लुम्विनी प्रदेश सदस्य प्रमिता चौधरी ,नगर सचीव भागिदास थारु ,प्रेस सेन्टरका केन्द्रिय सदस्य  पुरण शर्मा, वाईसिएल नेपालका घोराही नगरका  अध्यक्ष कुशल बुढा र परिवारबाट दिल बहादुर खत्री लगातका को श्रद्धाञ्जली मन्तब्य राखेका थिए । श्रद्धान्जलीसभाको सहजीकरण लेखा राणाले गरेकि थिईन ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस