२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

रास्वपाले तोक्यो केन्द्रीय सदस्य र सांसदको वार्षिक लेवी २५ हजार

काठमाडौँ, २५ पौष । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य र सांसदलाई लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ तोकेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले केन्द्रीय सदस्य र सांसदका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ तोकिएको बताए।मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टी सदस्यता शुल्क १ हजार रुपैयाँ तोकेको प्रमुख सचेतक परियारले जानकारी दिए ।

यसैगरी पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्राडा अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए ।‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । 

पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निर्णय गरेका छौँ । लेवी पार्टी केन्द्रीय सदस्यको १ लाख रुपैयाँ थियो । प्रतिनिधिसभा सदस्यले २५ हजार तिर्नुहुन्थ्यो। एकरुपता ल्याउन केन्द्रीय सदस्यको २५ हजार वार्षिक गरेका छौँ‚’ परियारले भने, ‘पार्टीले ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदल बनाएको थियो, त्यसको म्याद थपेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्य मनोनयन गरेको छ ।’

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस