दाङ, २५ पौष । तुलसीपुरमा बाहिनी चोकको नाम पृथ्विनारायणको नामाकरण गरेपछि वडाले हटाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले बुधबार पृथ्वीनारायणको नाम हटाएर नेत्रलाल चोक नामाकरण गरेको हो । विस २०५४ सालमा नै चोकको नाम नेत्रलाल राखिएकोले पृथ्वीनारायणको नाम हटाएको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर ६ अन्तर्गत पर्ने तुलसीपुरका विभिन्न चोकमा आफुखुशि राखेको नाम वडाले हटाउने वडा अध्यक्ष दुजमान भण्डारीले बताएका हुन ।
चोकको नाम राख्ने स्थानीय पालिकाको काम भएकोले व्यक्तिले आफुखुशी नाम राख्न नपाउने उनले बताएका हुन ।तत्कालीन स्थानीय निकायको सार्वभौम सभाले गरेको निणर्य बाहिर गएर नाम राख्न नसकिने बताएका हुन । यता नगर कार्यपालिकाको नवौं बैठकले पृथ्वीनारायण शाहको शालिक राख्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार