काठमाडौ, २ माघ । पशुपतिनाथ मन्दिरको जलहरी निर्माणका क्रममा भएको भ्रष्टाचारका आरोपित एवम् पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले थापालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।
खख्तियारले गरेको छानबिनबाट अनियमितता ठहर भएपछि कोषका सदस्य सचिव थापासहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले आज फैसला गर्दै थापालाई धरौटीमा छोड्न आदेश दिएको हो ।
प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार