दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन । उनले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्ने बताएका हुन ।
हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौ उनले भने, अव त्यो खोजौ । ‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उनले भने, यो अनुसारकारको योगोगले नीति बनाउनु पर्छ ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस भन्ने लक्ष्यमा छ । आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ । लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनु पर्छ, उनले भने, त्यो उपयोगी र काम लाग्ने हुनु पर्छ ।
योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।