२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

ट्वाङखोला खानीपानीको साधारणसभा

दाङ, ७ माघ । दाङको बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङ्खोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रथम साधारणसभा भएको छ । 

संस्थाका अध्यक्ष तुलसीराम घर्तीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले पश्चिम दाङको विकास भएमा मात्रै समग्र दाङको विकास हुने बताए । 

बजार क्षेत्रको विकास भइसकेको भन्दै दाङको कर्णाली भनेर चिनिने पश्चिम दाङलाई विकास गर्नुपर्ने उनले बताए । साथै प्रदेशमा एक घर, एक धाराको नीति ल्याएको भन्दै पश्चिम दाङमा खानेपानीको सहज पहुँच पुर्याउनका लागि पहल थालिरहेको बताए । त्यस अवसरमा माओवादी केन्द्र बबइका अध्यक्ष एकलाल घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस