२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

आमाको सम्मानमा भवन निर्माणार्थ एक लाख सहयोग

दाङ, ८ माघ । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एबम् नेपाल मगर संघ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आफ्नी आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गरेका छन ।

बुढाले भवन निर्माण गर्न नेकपा माओवादी केन्द्र तुलसीपुर ५ नम्बर वडा कमिटीललाई पचास हजार र नेपाल मगर संघ तुलसीपुर नगर समितिलाइ पचास हजार आर्थिक सहयोग गरेका हुन । जनयुद्धको क्रममा क्रान्ति आमा पार्वतीका छोरा समर, छोरी सपना र ज्वाइँ विजोग सहिद भएका हुन हुनु । बुढा परिवार  रुकुमपश्चिम् चौरजहारीबाट तुलसीपुरमा बसाइँसराइ गरि आएको हो ।

क्रान्ति आमा पार्वती बुढा मगरको स्मृतिमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको  श्रद्धाञ्जली कार्यक्रममा छोरा धनबहादुरले सहयोग हस्तान्तरण गरेका हुन । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु  दामा शर्मा, ओमप्रकाश पुन र भीमकुमारी बुढा मगर, केन्द्रिय सल्लाहकार शेषुराम भण्डारी, प्रदेश सदस्यहरु पुनम सेर्पाइली र प्रेम वली, नेपाल मगर संघ जिल्ला सल्लाहकार टोपबहादुर घर्ती र मगर नेपाल मगर संघ तुलसीपुर नगर अध्यक्षले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर सदस्य एबम् ५ नम्बर वडा इन्चार्ज मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका वडा अध्यक्ष बेदप्रसाद वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस