२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

व्यक्तिगत लाभ खोज्नेले पार्टी बनाउँन सक्दैनन् – आचार्य

दाङ, ८ माघ । नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्यले (बिमल) ले पार्टी  बनाउँन व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका हुन । घोराही उपमहानरपालिका वडा नं. ६ र १२ मा आयोजित दुई छुट्टाछुट्टै श्रद्धाञ्जली सभालाई सम्बोधन गदै यस्तो बताएका हुन । ईन्चार्ज आचार्यले व्यक्तिगत लाभ खोज्नेले पार्टी बनाउँन नसक्ने भन्दै माओवादीका कार्यकर्ताले सामुहिकतामा काम गर्न सिक्नुपर्ने धारणा राखेका छन । घोराही ६ निवासी रिखीराम रिजालको श्रद्धाञ्जली सभामा बोल्दै आचार्यले सामुहिकताले मात्र माओवादी पार्टी बलियो  बन्ने धारणा राखेका हुन ।

पार्टी कार्यकर्ताले बिकास निर्माणको काममा ध्यानदिनु पर्ने बताउँदै प्रचण्ड नेत्रित्वको  सरकारले गरेका कामकाजका बिषयमा जनतालाई बुझाउँन आबश्यक रकेको उल्लेख गरेका हुन । वडा नं.६ का ईञ्चार्ज बसन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र घोराहीका उपाध्यक्ष अटल थारु,नगर सदस्य चन्द्रबहादुर पुन,पार्टीका नेताहरु भरत पौडेल,भेषराज शर्मा,झपेन्द्रंिशङ चित्रकार, लगाएतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो कार्यक्रमको सञ्चालन वडा अध्यक्ष खलु पुनले गरेका हुन । 

यस्तै घोराही १२ मनवीर चौधरीको पनि  श्रद्धाञ्जली सभा सम्पन्न  गरिएको छ ।  नेकपा माओवादी केन्द्रका पार्टी सदस्य चौधरीको आज श्रञ्द्धाजली सभा सम्पन्न गरिएको हो । वडाका पार्टीले आयोजना गरेको सभामा बोल्दै   नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्यले (बिमल) ले समाज रुपान्तरणका लागि मनवीरले खेलेको भुमिका महत्व पूर्ण रहेको धारणा राखेका हुन । सभा घोराही १२ का पार्टी अध्यक्ष  भागवत लम्सालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा  लुम्बिनी प्रदेशका सचिवालय सदस्य मिलन डाँगी,घोराही नगर अध्यक्ष रमेश ओली,नेताहरु शक्तिराम डाँगी,बसन्त चौधरी,बिरमान चौधरी लगाएतले शोक मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा ईन्चार्ज राजु परियारले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस