दाङ, १० माघ । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईँ दाङको घोराहीमा आउन लागेको अभियानले जनाएको छ । माघ १२ गते घोराहीमा हुने विशाल नागरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नागरिक बचाउ अभियानका राप्ती अञ्चल समिति दाङका कोषाध्यक्ष तारा प्रसाद खड्काले जानकारी दिएका हुन ।
चिकित्सा व्यवसायी रहेका दुर्गा प्रसाईँले पछिल्लो समय नेपालको वर्तमान संघीय सरकारलाई चुनौती दिदै नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्नका लागि बारम्बार सामाजिक र राजनीतिक अभियान चलाई रहेका छन ।
त्यसैगरी राष्ट्रव्यापी रूपमा सञ्चालन गरेको बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्ने अभियानका कारणले पनि नागरिकले साथ दिँदै आइरहेका छन् ।
प्रकाशित मिति : २०८० माघ १० गते बुधवार