२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सकियो

दाङ, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानकाे काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेकाे र  स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेकाे थियोे । मतदानकाे समय ३ बजेसम्म रहेपनि बाँकेको नरैनापुर गाउँ पालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँ पालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो । 

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मत गणनाकाे काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस