२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

महायज्ञ स्थल र आसपासमा सरसफाई 

दाङ, १२  माघ । मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ माघ १३ गतेदेखि शुरु हुन थालेको महायज्ञ स्थलमा सरसफाई गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी, महायज्ञ मुल आयोजक समितिमा आवद्ध र स्थानीयले अरणीको मैदानमा सरसफाई गरेका हुन ।

महायज्ञको अन्तीम तयारीको अबस्थामा महसुस हुने गरी पण्डाल निर्माण, शौचालय निर्माण र सरसफाई लगायतका काम भएका छन् । भक्तजन तथा स्वयमसेवीहरुको सुबिधाका लागि प्रस्तत मात्रमा अस्थायी शौचालय निर्माण गरिएको मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए । भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञको शोभा कलस यात्रा माघ १३ गते बिहान ११ बजे, तुलसीपुर स्थीत नयाँ बसपार्कबाट हुने छ ।

माघ १३ गते दिनको साँढे १२ बजे मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुदघाटन हुने भने माघ १९ गते लक्ष्यवत्ति दिप प्रज्वलन र माघ २० गते साझँ ४ बजदेखि ५ बजे सम्म समापन कार्यक्रम हुने सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिए ।

प्रत्येक दिन बिहान ७ बजेदेखि पुजा एवं पाठ,११ बजेदेखि ४ बजे सम्म कथा वाचन, ४ : १५ बजे आरती, ४ : ३० बजे प्रसाद ग्रहण र बेलुकी ७ बजदेखि ९ बजे सम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने छ । प्रत्येक दिन बिहान ६ बजेदेखि योग कक्षा र बिद्यार्थीहरुका लागि केही समय सकारात्मक उर्जा सम्बन्धी कक्षा समेत दिईने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस