२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

नेपालको अर्थतन्त्र सुधार गर्न गाँजा खेतीलाई खुल्ला गरौ ओरल्ड च्याम्पियन क्षेत्री

दाङ, १५ माघ । अहिलेको बर्तमान अवस्थामा देशको खस्किदै गएको अर्थतन्त्रलाई मध्यनजर गर्ने हो भने अबको  केही बर्षमा देशको अर्थतन्त्रको मेरुदण्ड न भाचियला भन्न सकिँदैन, त्यो छरलङ्ग नाङ्गो आखाले देखिदै गएको छ I  त्यसैले ओरालो लाग्दै गएको अर्थतन्त्रलाइ  सुधार गर्न सकिने र सस्तो लगानिमा आय आर्जनको स्रोत  बनाउन सकिने एक प्रमुख पक्ष भनेकै गाँजा खेतिलाई सरकार ले बैधानिकता दिनु हो !

गाँजा खेतिलाई खुल्ला गर्नुपर्यो भनेर भन्नमा जति सजिलो छ त्यसलाई नियमन गर्न पनी त्यति नै धेरै राज्यलाई चुनौतिको बिषय पनि छ I गाँजा खेती खुल्ला गर्नुपर्यो भन्दैमा चोक चोक मा बसेर जुनसुकै सर्बसाधारण आम नगरिकले पनि  गाँजा  सेवन गर्दै र बिक्री बितरण गर्दै हिड्न पाउनुपर्छ  भन्ने मेरो धारणा हैन ,, त्यसका लागि सडक देखि सदन सम्म जोडदार बहस गरेर उचित कानुन तथा नीति निर्माण गरेर गाँजा खेतीको बिकल्प खोज्नुपर्छ त्यो कानुनी राज्यको दायित्व पनि हो,, 

त्यसका लागि राज्यले कस्ता मानिसलाई  गाँजा खेतिको इजाजत प्रदान गर्ने  भन्ने सन्दर्भमा गहिरो अध्यन तथा अनुसन्धान गरेर मात्र सो सबन्धित ब्याक्तिलाई लाइसन्स प्रदान गर्नुपर्छ  र संचालनमा ल्याईने  गाँजा खेती तथा उद्योग  चाहिँ सरकारकै मातहतमा रहनुपर्दछ अनि मात्र देशले गाँजा खेतिलाई अर्थतन्त्र को स्रोत बनाउन सक्छ I सडकमा गाँजावादिले  मात्र गाँजा खेती खुल्ला गर्नुपर्छ भनेर आवाज उठाउदैमा त्यो आवाज सम्बन्धित निकाय सम्म पुग्दैनI त्यसका लागि राज्य सत्तामा रहेका सम्बन्धित निकाय हरुमा समेत यो बिषयमा गहिरो र अर्थपुर्ण  बहस हुन जरुरी छ तर सांसदहरु यो बिषय मा बहस गर्न हिचकिच्याउछन I केही समय अगाडि पहिलो पटक प्रतिनिधि सभामा बिरोध खतिवडा ले गाँजा खेतिलाई  राज्यले अब खुल्ला गर्नुपर्छ भन्ने सन्दर्भमा आफ्नो अभिब्यक्ती दियका कारण प्रतिनीधि सभाको सदनमा कमिडी क्लबको बहस चलेझै  हास्दै मजाकमा उडाएका थिए । किनभने त्यो स्वभाबिक पनि हो किनकी उनिहरुलाई गाँजाको बिषयबस्तुको बारेमा खासै अध्यन खोज तथा अनुसन्धान थिएन तर अब चाहिँ तत्काल हुनुपर्दछ ।

नेपालमा गाँजा खेतीलाई  कहिलेबाट  र किन  बन्देज गरियो ?”

– नेपालमा सन 1970 को दसकमा गाँजा खेती  गर्न गाँजा बेचबिखन गर्न  तथा आनन्द प्रदायका लागि गाँजा सेवन  गर्न समेत पुर्ण रुपले खुल्ला थियो । त्यसकारण त्यस समय मा बाहिरी मुलुक बाट टुरिस्ट ,पर्यटन तथा साधु-सन्तहरु गाँजा सेवन गरेर आनन्द प्राप्तिका लागि नेपाल भित्रीने गर्दथे  त्यसबेला नेपालमा विभिन्न प्रकारका गाँजा पाईने राज्यका रुपमा पनि  विश्व प्रसिद्द थियो साथसाथै काठमान्डौ भक्तपुर का क्षेत्रहरुका होटेलमा गाँजा को मेनु नै राखेर गाँजाका विभिन्न परिकार समेत बिक्री तथा बितरण समेत गरिन्थ्यो I  त्यसबेला गाँजा को बिक्री तथा बितरण बाट नै राजस्व मा लाखौ डलर जम्मा हुन्थ्यो नेपालको गाँजा अब्ब्बल दर्जाको मानिन्थ्यो र नेपाल बाट बिदेसि मुलुकमा गाँजा निर्यात समेत हुन्थ्यो I नेपाल बाट निर्यात हुने गाँजा इन्डिया, युरोप , र अमेरिका सम्म जान्थ्यो यसरी नेपालको गाँजाको प्रभाब बाह्य मुलुकहरु मा  सम्म परेको हुनाले त्यसपछी पशिमेली मुलुकहरुले आफ्नो राज्यको गाँजा को खासै प्रभाब पार्न नसकेको कारण  बि :स : 2033 अर्थात सन 1976 मा लागू औसत नियन्त्रण एन पास गरेर गाँजा को सबै प्रकारको प्रयोग निर्यात र खेतिमा समेत प्रतिबन्ध लगायो गाँजा को उतपादन र ब्यापार को खुल्लापरिबेश अन्त्य गरियोI  गाँजाका कारण कृषि र पर्यटन बाट जन स्थरमा हुने आमदानी समाप्त भयोI 

के गाँजा लागू पदार्थमा मात्र सिमित छ  ??

सयुक्त रास्ट संघको महत्वपुर्ण अङ्ग विश्व स्वास्थे सङ्गठनले गाँजा लाई लागू पदार्थ मात्र नभैइ औषधि तथा चमत्कारी गुणले भरिपुर्ण बनस्पतीको रुपमा घोसणा गरिसकेको छ I  विभिन्न अध्यन तथा अनुसन्धानबाट  थुप्रै रोगहरु न्युनिकरण गर्न सकिन्छ I  जस्तै – मस्तिष्क रोग , क्यानसर, मुटु रोग, स्वासप्रस्वास समबन्धी रोग , टाउको दुख्ने रोग , जस्ता अन्य रोगहरुको समेत न्युनिकरण गर्न सकिन्छ I गाँजा लागू पदार्थका रुपमा मात्र प्रयोग हुदैन यसबाट थुप्रै फाईदा उठाउन सकिन्छ जस्तै गाँजा को छाला को  रेशाहरुबाट कपडा , झोला , कोट , टोपी , जस्ता लता कपडा का साथसाथै यसबाट  तेलको समेत उत्पादन गरेर बिक्री बितरण गर्न  सकिने भयका हुनाले गाँजा लागू पदार्थमा मात्र सिमित छैन I 

बाहिरी मुलुक मा गाँजाको  प्रभाब :

अन्तरास्ट्रिय  राष्ट्रहरुलाई मध्यनजर गर्ने हो भने हाल सम्म ब्राजिल , जर्मनी , सृ लङ्का , क्यानडा, बेलायत लगायत बिस्वका 43 भन्दा बढी मुलुकले गाँजालाई औसधिका रुपमा मान्यता दि सकेका छन सयुक्ता राज्य अमेरिका का 50 वटा राज्य मध्य 35 वटा राज्यले गाँजालाई लागू औसधको सुचिबाट हटायर बैधानिक्ता प्रदान गरिसकेको छ उर्बेले चाहिँ सन 2014 सालमै गाँजालाई औषधि र मनोरन्जन गर्ने पदार्थका रुपमा घोसणा गरिसकेको छ र सन 2018 मा ले गाँजालाई बैधानिकता दिनुका साथसाथै अहिले  क्यानडा येउटा तेस्तो देश घोसणा भैसकेको छ जुन देशमा हाल सम्म गाँजाको सबैभन्दा बढी रसाय,तथा औषधि उत्पादन गर्ने  प्रयोगशाला र उधोग भयको देश मानिन्छ जसको फलस्वरुप क्यानडा को अर्थतन्त्रमा व्यापक सुधार तथा वृद्धि ल्याउने स्रोतका रुपमा गाँजालाई लिइन्छ ।

के नेपालको अर्थतन्त्रमा गाँजा खेतिले सुधार ल्याउन सक्छ ?

आज भन्दा 53 बर्स अगाडि पशिमी मुलुकहरुको दबाबमा प्रतिबन्ध लगाईयको गाँजालाई अहिले सम्म नेपाल ले खुल्ला गर्न सकेको छैनI   पहिले 1960 को दसक तिर  पशिमी सन्सार युदको माहोल बिग्रेको समयमा हिप्पी हरु ठूलो सङ्ख्यामा यात्रा गर्दै नेपाल सम्म आईपुग्थेI  उनिहरुले नेपालमा सजिलै पाइने उच्छ  स्थरको गाँजा सेवन गरि आनन्द लियर यहि बस्न थाले उनिहरुले आफुले ल्यायको पैसा यहि खर्च गर्न थाले यसले गर्दा नेपाली किसान ब्यापरी र सबैलाई फाइदा पुगेको थियो काठमानडौको चोक चोकमा लाइसन्स पायका ब्यापरिहरुले मजाले आफ्नो ब्याबसाय सन्चालन गर्ने इजाजत समेत प्राप्त गरेका थिय जसको कारण पहिले नै नेपाल को अर्थतन्त्र सुधार गर्ने यक प्रमुख पक्षको रुपमा गाँजा रहेको कुरा स्पस्ट देखिन्छ  I  त्यसैले, नेपालमा गाँजालाई खुल्ला गर्दिने हो भने पर्यटक मा पनि व्यापक वृद्धि हुने देखिन्छI  बास्तबमा जनता को आय स्तरमा बृदी गर्ने र रोजगारी को सिर्जना गरि देशलाई समृद्धि को बाटो तिर डोर्याउन चाहने हो भने त्यसका निम्ति नेपाल ले  गाँजा खेतिलाई खुल्ला गरिदिनुपर्छ ,, बिदेशी मुद्रा नेपालमा सजिलै भित्र्याउने र अर्थतन्त्रलाई बलियो बनाउने उतम बिकल्पका रुपमा गाँजालाई मान्यता प्रदान गरि गाँजा खेती गर्नका लागि राज्यले जनतालाई प्रोत्साहन समेत गर्नुपर्छ 

       धन्यवाद!!

कानुन सङ्कायको बिधार्थी – ओरल्ड च्यामपियन क्षेत्री

ठेगाना- बिरेन्द्रनगर,सुर्खेत

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस