दाङ, १६ माघ । दाङ तुलसीपुर ९ मा रहेको सगरमाथा इङलिस स्कुलले आज अन्तरकृया कार्यक्रम गरी शहिद दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटक शाखाका प्रमुख झरेन्द्र खरेलले विद्यार्थीहरुलाइ शहिद भनेको के हो ? शहिदले देखाएको बाटोमा हिड्न किन आवश्यक छ ? भन्ने कुरामा प्रकास पारेका थिए । उनले शहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेतापनि शहिदहरुका सपनाहरू अधुरै रहेकोमा दुख व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनिहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गरेका थिए । पछिल्लो अवस्थामा विद्यार्थीहरुमा बिदेशको मोह बढदै गएकाले देशभक्ती भावना हराउदै गएकोमा जोड दिएका थिए । विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रसंसा समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र , राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडेपछी मात्र सहिदहरुको आत्माले शान्ती पाउने बताएका थिए । साथै उनले मुलुकमा पछिल्नो अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको ब्याक्तीलाई समेत सहिद घोसना गर्नु पर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनको सहिदको अपमान गरेको कुरामा जोड दिएका थिए । विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपाली लागएतले शहिदहरुको बारेमा जानकारी लिनलाई जिज्ञासा पनि राखेका थिए ।
विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा अधिवक्ता सालिक राम रेग्मीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गरेका थिए ।