२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

सहिदहरूको सम्झनामा तुलसीपुर जेसिजद्वारा दीप प्रज्वलन

दाङ, १६ दाङ । तुलसीपुर नगर जेसिजले पनि सहिदहरूको सम्झनामा तुलसीपुरको जेसिज चोकमा दीप प्रज्वलन गरेको छ । जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका  ५ का अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ईश्वरी देवकोटा को विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि शाहले सहिदहरूको बलिदान वाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र विकास गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

 यो नै सहिद प्रतिको सच्चा श्रद्धाञ्जली हुने शाहको भनाई थियो । सो अवसरमा जेसिजका  पूर्व अध्यक्ष झरेन्द्र खरेलले सहिदको योगदानको चर्चा गर्दै देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेकोले यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो । कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरू  विमल कुमार पौडेल, दिपेश भण्डारी, मेघराज घिमिरे ,मोहन सुनार र निवर्तमान अध्यक्ष शालिकराम वली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस