सल्यान, १८ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा हुन लागेको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिममा माघ २० गते देखि २३ गते सम्म हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा बिभिन्न ४ बिधामा ५२ स्वर्ण पदकका लागि जिल्लाका १० पालिकाले प्रतिस्पर्धा गर्ने खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनु भयो । प्रतियागितामा पुरुष तथा महिला भलिबल, कबड्डी, एथ्लेक्टिक्सका सम्पूर्ण खेल र मार्सल आर्ट अन्तर्गतका कराँते,तेक्वान्दोमा प्रतिस्पर्धा हुने आचार्यको भनाई छ ।
खेलकुद बिकास समिति सल्यानको आयोजना तथा जीवन ज्योती नमुना माध्यमिक बिद्यालयको ब्यबस्थापनको आयोजनामा हुन लागिको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता चाहिने सम्पूर्ण खेलकुदका सामाग्री भने कपुरकोट गाउँपालिकाले ब्यबस्थापन गर्ने छ । भब्य कार्यक्रमका बिच सुरु हुने प्रतियोगिताको उद्घाटन भने नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने आयोजकले जनाएको छ ।