२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

संसदमा सबै दलका शीर्ष नेताहरुले माघ २४ गते सम्बोधन गर्ने

काठमाडौँ, १९ माघ । यही माघ २४ गते प्रतिनिधि सभा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।

२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरुको सम्बोधन अर्को दिनका लागि राखिएको हो ।यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।

यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस