२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

गुरुकुल एकेडेमीले मनायो ९ औँ वार्षिकोत्सव

दाङ, २० माघ । गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिक उत्सव मनाएको छ । घोराही १५ रतनपुरमा  रहेको विद्यालयले ९औ वार्षिक उत्सव शनिबार  एक भव्य समारोहका बिच मनाएको हो । वार्षिक उत्सवको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै विद्यालयको प्रशंसा गरे । निजी विद्यालयमा देशमै सफल मध्येको एक र दाङकै पहिलो नमुना विद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराही बासीका लागि गौरवको कुरा रहेको बताए ।

उनले विद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै विद्यालय आउँदा दिनमा अझ नमुना बन्नुपर्ने बताए ।  त्यसका लागि सबै पक्षको साथ र सहयोग उत्तिकै आवश्यक रहेको उनको भनाई छ । 

विद्यालयले प्रदान गर्दै आएको अतिरिक्त कृयाकलापले गर्दा विद्यार्थीहरू ले बिभिन्न नँया तथा प्रयोगात्मक शिक्षा हासिल गरेकोमा पौडेलले विद्यालय प्रति आभार प्रकट गरे । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक अरुण रौनियार ,गुरुकुल एकेडेमी तुल्सिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना एप्पल मन्टेश्वरीका प्रधानाध्यापक शर्मिला हमाल पूर्व विद्यार्थी नवीन डाँगी , अन्तराष्ट्रिय शिक्षक माइकल ,विद्यार्थी शान्भी डाँगी, सुबोध पाण्डे ,सर्वश्री केसी , प्रणव श्रेष्ठ विभूति बुढाथोकी रोशन पौडेल र आर्यन घर्तीसँगै अभिभावक लगायतले बोलेका थिए।  कार्यक्रममा बोल्ने वक्ताहरूले  विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए ।

विद्यालयले संस्कार र  संस्कृति सहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए ।साथै विद्यालयको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालय प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न पौराणिक नृत्य तथा गीत , नाटक, परेट लगायत विभिन्न  कला प्रस्तुत गरेका थिए । विद्यालयले उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरूका विद्यालयका पूर्व सहायक प्रधानाध्यापक तथा हाल गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी ,प्रावि शिक्षिका मियोना घर्ती , विज्ञान विषय संयोजक भुवन आचार्य , प्लस टु विज्ञान संयोजक अजय शाह , व्यवस्थापन संयोजक डम्बर रावत , यसै गरी कर्मचारीहरू देविराम राउत , शान्ता बस्नेत , लक्ष्मण ढकाल अन्तराष्ट्रिय शिक्षक माइकल , सोधपुछ कक्षकी अस्मिता सुनार ,चालक अरुण चौधरी र भान्सा तर्फ झेमा खत्री रहेका थिए ।

यसैगरी २०७९ को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकोको सहजिकरण विद्यालयका प्लस टु संयोजक निमानन्द गैरे तथा विद्यार्थीहरू श्रीज्वल पौडेल र प्रशंसा शर्माले गरेका थिए । साथै सञ्चालक गैरेले गुरुकुल एकेडेमी लमही र तुलसीपुरका नव नियुक्त शिक्षक तथा घोराहीका शिक्षकहरूलाई अभिभावक माझ परिचय गराए थिए । ९ औ वार्षिक उत्सव कार्यक्रमको संयोजकमा नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटा रहेको थियो । बिस २०७२ सालमा स्थापना भएको विद्यालयले अन्य विषय सहित बिभिन्न प्राविधिक धारको पढाईलाई जोड दिँदै आएको छ । ९ औ वार्षिक उत्सव मनाइरहँदा विद्यालयले आगामी वर्षमा अन्य सङ्कायमा पढाइहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ,  भने आगामी शैक्षिक सत्र २०८१ बाट गुरुकुल एकेडेमीले लमहि र तुलसीपुरमा पनि विद्यालय सञ्चालनमा ल्याउन लागेको छ ।  

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस