२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

ग्लोबल ओरियन्स नेपालको तुलसीपुर शाखा उद्घाटन

दाङ, २० माघ । ग्लोबल ओरियन्स नेपालको तुलसीपुर शाखा उद्घाटन गरिएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिका ६ का अध्यक्ष दुजमान भण्डारीले शनिबार उद्घाटन गरेका हुन् । उनले ग्लोबल ओरियन्स नेपालले नेपाली उत्पादन बिक्री वितरण गर्दा धेरैलाई रोजगारीको अवसरको सिर्जना हुने भएकाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । शाखा प्रमुख पूर्ण वलीको अध्यक्षता तथा वडा अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कम्पनीका दाङ वितरक प्रमुख मिसन भट्टराईले कम्पनीले नेपाली उत्पादन बिक्री वितरण गर्ने र युवालाई रोजगारी दिने लक्ष्य रहेको बताए । उनले कम्पनीले २४ प्रकारका सामग्री उत्पादनबाट अहिले ५० प्रकारका उत्पादन गरिरहेको बताए । कम्पनीले स्वास्थ्य वद्र्धक सामग्री र कस्मेटिक सामग्री उत्पादन र बिक्री वितरण गरिरहेको उनले बताए । कार्यक्रमको सहजीकरण संचारकर्मी एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस