२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

पूर्वमन्त्री बुढाथोकीको निधन

काठमाडौं, २३ माघ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी थिए । उनको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

२०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि जलस्रोत राज्यमन्त्री बन्नुभएको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७३ सालमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए । उनको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस