काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ । अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको ओलीको सचिवलायले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार