काठमाडौ, २६ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका-१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको जग्गामा व्यावसायिक रुपमा गरेको आलु खेती । पार्टीले गत वर्षदेखि गरुवागाउँमा रहेको जयशेर माध्यमिक विद्यालय रावतगाउँको छ बिगाह क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक रुपमा कृषि उपज उत्पादन गर्दै आइरहेको छ । प्रति बिगाह वार्षिक रू २३ हजारका दरले दश वर्षको लागि भाडामा लिएको जग्गामा आलु खेती गरेको छ ।
प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार