२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

१५ सैयाको अस्पताल बारे बबई गाउँपालिकाले छानविन गर्ने

दाङ,२७ माघ । दाङको बबई गाउँपालिकाले बबई ३ हंसपुरमा रहेको १५ सैयाको अस्पतालको बिषयमा छानबिन गर्ने भएको छ । बिहिवार गाउँपालिकाको आर्थिक बर्ष २०८०र८१ को १२ ओैं कार्यपालिकाको बैठकले अस्पतालको कम्जोर पलास्टर बारे सामाजिक सञ्जालमा आएको बिषयमा छानबिन गर्ने निर्णय भएको बबई गाउँपालिकाका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिएका हुन । अस्पतालको बिषयमा सामाजिक सञ्जालमा आएका बिषयमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालको बिषयमा बास्तबिक्ता पत्ता लगाउन पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता भण्डारीले बताएका हुन । छानबिन समितिको सदस्यहरुमा पालिकाका सब ईन्जिनियर रिदम खड्का र सव ओभरसियर हिरालाल वली रहेका छन । समितिले अस्पतालका बिषयमा ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन पेस गर्ने प्रवक्ता भण्डारीले बताएका हुन ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस