दाङ, २८ माघ । जिल्ला अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेलझुण्डी रङ्गशालामा सञ्चालित प्रतियोगितामा १० स्वर्ण ४ रजत र ३ काश्य पदक जितेको तुलसीपुर ले दोस्रो दिन सम्म पदक तालिकामा अग्रता कायम राखेको हो ।
घोराही उपमहानगरपालिका ६ स्वर्ण, २ रजत र ४ काश्य पदकका साथ दोस्रो स्थानमा रहँदा लमही नगरपालिका ४ स्वर्ण, ५ रजत र १ काश्य पदक हात पार्दै तृतीय स्थानमा रहेको छ । राजपुर गाउँपालिका १ स्वर्ण, ३ रजत पदक हात पार्दै चौथो स्थानमा रहेको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । विगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागि हुने गरेकोमा यस वर्ष पालिका– पालिका बिच नै कडा प्रतिस्पर्धा भइरहेको छ । यसबीच प्रतियोगितामा सोमबार अन्तिम दिन भलिबल, कवड्डी छात्र र छात्रा फाइनल , खेल हुनेछन । भलिबल छात्र र छात्रा फाइनलमा तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका भिड्नेछन् । त्यस्तै कबड्डी छात्र तर्फ तुलसीपुर र राप्ती गाउँपालिका बिच कडा प्रतिस्पर्धा हुनेछ ।