
दाङ, २८ माघ । लोकतान्त्रिक समाजवादी पार्टी दाङको अध्यक्षमा पुर्नःगठन गरिएको छ । पार्टीको बिशेष जिल्ला भेला अध्यक्ष बम कुमारी पुनको अध्यक्षमा २१ सदस्य जिल्ला कमिटि गठन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज शोभराज जनैदार र शोभा डाँगीको विशेष उपस्थितीमा विशेष भेला सम्पन्न भएको थियो ।
भेलाले पार्टीको जिल्ला उपाध्यक्षमा समुन्द्र शाह, शेरबहादुर नेपाली सचिवमा महेश चौधरी, सह–सचिवमा पुुष्पा केसी, सरु महरा र कोषाध्यक्षमा अनिता खत्री रहेका हुन । त्यस्तै सदस्यहरुमा किसन गिरी, शिला घिमिरे, प्रतिक्षा वली, सपना गिरी, सरु कार्की, खुस्बु गुुप्ता, सपना रोका, ग्रिमा थापा, मनकला सुनार, प्रेमा नेपाली ,दुुर्गा बहादुर गरङ्जा मगर, दीपक डाँगी, रविन नेपाली र पुुरन गिरी रहेका हुन ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शोमराज जनैदारले समाजवादी आन्दोनललाई सार्थकतामा पुर्याउन सबै राजनीतिक दलहरुको केन्द्रीकृत भएर लाग्नुुपर्ने बताएका हुन । जसले मुुलुुकलाई स्थायी राजनीतिक मार्गदर्शन केन्द्रीत गर्ने उनको भनाई थियो ।