२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

मावि सौडियारकोे स्वर्ण जयन्ति समारोहको उद्घाटन मुख्यमन्त्रि डिल्ली चौधरीले गर्ने

दाङ, २८ माघ । घोराही ७ सौडियारस्थित मावि सौडियार विद्यालयको ५० औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) को तयारी पुरा भएको छ । यहि फागुन १ गते विद्यालयमा हुन लागेको भब्य समारोहको तयारी पुरा भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रम, विज्ञान कला प्रदर्शनि, नृत्य प्रतियोगिताको तयारी पुरा भएको उनले बताए । स्वर्ण जयन्ति समारोहको लुम्विनी प्रदेशका मुख्यमन्त्रि डिल्ली चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले बताए । मुख्यमन्त्रि चौधरीले विहान १० बजे आयोजना हुने वार्षिकोत्सवको उद्घाटन गर्नुहुनेछ । यसैविच विद्यालयले वार्षिकोत्सव समारोहमा उपस्थितीका लागि सबैमा अनुरोध गरेको छ । विब्यस अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका लोकबहादुर कुवर र विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले एक प्रेस विज्ञप्ती जारी गरेर मुख्यमन्त्रि चौधरीले उद्घाटन गर्ने वार्षिकोत्सवमा सहभागि हुन विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थि, बुद्धजिवि, पुर्व विब्यस अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष, सदस्य, अक्षयकोषदाता, सामाजिक अगुवा लगायत शुभचिन्तक सबैमा आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस