दाङ, ६ फागुन । नेपालको संघीय संसदीय अभ्यास संसदीय कार्यशैली एवं कार्यसुचि, व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी, कानुन निर्माण प्रक्रिया, संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया, राजनितीमा युवा लगायतका विषय बारे सैद्धान्तिक ज्ञात तथा प्रशिक्षण दिन एवं व्यवहारिक अनुभव गराउन उद्देश्यका साथ हिमाल एकेडेमी दाङ ले नमुना युवा संसद कार्यक्रम आयोजना गर्न लागेको हो ।
पछिल्लो समय देशव्यापी रुपमा नै युवाहरूलाई साक्षर एवं सचेत बनाउने उद्देश्यको साथ सराकारि तथा विभिन्न संघ संस्थाहरु मार्फत यस कार्यक्रम आयोजना भइरहेको सन्दर्भमा दाङमा पनि हिमाल एकेडेमीले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
वि.सं २०७४ सालबाट यो क्षेत्रमा सकृय रुपमा कार्यरत संस्था नयाँ युवा नयाँ सोच नेपाल सँगको सहकार्यमा यहीँ फागुन १३ गते प्रशिक्षण कार्यक्रम तथा फागुन १४ गते नमुना संसद कार्यक्रम हुने भएको छ ।
यस कार्यक्रममा उक्त विध्यालयमा कानुन सहित अन्य विभिन्न संकायमा अध्ययनरत विध्यार्थीहरु सहभागी हुने साथै नमुना संसद कार्यक्रममा जनप्रतिनिधि, प्रबुद्ध वर्ग लगायतको समेत उपस्थिती रहेने बताइएको छ । यस कार्यक्रममा सहकार्य गर्ने संस्था नयाँ युवा नयाँ सोच,नेपालका केन्द्रिय कार्यक्रम संयोजक एवं यस कार्यक्रममा प्रशिक्षक विनोद खत्री भन्नुहुन्छ,
” विगत ६ वर्षबाट देशैभरी हामीले युवा विध्यार्थी हरुलाइ देशको शासकीय स्वरुप अर्थात् संसदीय प्रणाली र राज्यको संरचना अर्थात् संघियता बारे साक्षरता अभियान स्वरुप यी विषयहरुका विभिन्न ऐतिहासिक एवं सैद्धान्तिक ज्ञान प्रदान गर्ने साथै स्वयं विध्यार्थीहरुलाइ नै सांसद एवं मन्त्री बनाएर कानुन निर्माण प्रक्रिया, संसद सञ्चालनको कार्यविधी, संसदका दैनिक कारवाही, कार्यपालिका तथा व्यवस्थापिकाका अन्य भुमिका लगायतको व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ जस्ले गर्दा युवा विध्यार्थीहरुमा राज्य सञ्चालनको जानकारी यथेष्ट रुपमा प्राप्त हुनेछ र संसदीय प्रणाली तथा संघियता थप मजबुत बन्दै जानेछ भने यो युवा सचेतना गर्दा हाम्रा जनप्रतिनिधिहरु थप जिम्मेवार एवं जवाफदेही बन्दै जानेछन्” ।
यस कार्यक्रमलाइ सिकाइ सँगै प्रतियोगितात्मक समेत बनाउने उद्देश्यले उत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट नेतृत्वकर्ता र उत्कृष्ट वक्ता गरि ३ विधामा ट्रफी, मेडल, सम्पुर्ण सहभागीहरुलाइ प्रमाणपत्र लगायत विविध पुरस्कार हरु समेत प्रदान गरिने भएको छ ।