२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

प्रसूति गृहबाट चोरिएको शिशु काँडाघारीमा फेला

काठमाडौं, १२ फागुन । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई शुक्रबार बेलुकी काँडाघारीमा फेला पारेको जानकारी दियो । 

बच्चा लग्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर उनको नाम सार्वजनिक गरेको छैन । शुक्रबार दिउँसो ती महिलाले एक छिन खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन् । उनले शुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस