२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

मंगलबार देखी सुरु हुने कुस्ती प्रतियोगिताको उद्घाटन यातायात मन्त्री राणाले गर्ने

दाङ, १४ फागुन । दाङको तुलसीपुरमा भोलिदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्न लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री रोज राणा आउने भएका छन् । प्रतियोगिताको उद्घाटन दिउँसो ३ बजे हुने भएको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ले जानकारी दिएका छन । तुलसीपुर ५ स्थित अरनिको मैदानमा सुरु हुन लागेको कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन् ।  

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु तुलसीपुरमा आइसकेको पनि बताएका छन । प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुने भएको छ । अध्यक्ष लहरेका अनुसार कुस्ती खेलप्रतिको आर्कषण बढाउन अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिता दाङमा दोस्रो पटक गर्न लागिएको हो । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवानसहित जम्मा ३७ जना पहलवानको सहभागिता रहने छन ।

कुस्ती प्रतियोगितासंगै सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायिका सहिमा श्रेष्ठको सांगितिक प्रस्तुती फागुन १६ गते रहने छ । नेपालमा कुस्ती प्रतियोगिताले उचित स्थान नपाइरहेको अवस्थामा कुस्ती प्रतियोगितालाई नेपालमै स्थापित गर्ने उद्देश्यले लुम्बिनी खेलकुद परिषदको मूख्य प्रायोजनमा प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस