
काठमाडौ, १५ फागुन । दुध उत्पादन किसानले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार दूध उत्पादन किसानले केन्द्रीय दुध सहकारी संघको नेतृत्वमा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर विरोध प्रदर्शन गरेका गरेका हुन् ।
यस्तै किसानहरूले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् । यसअघि सोमबार उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई किसानको दूध खरिदको व्यवस्था मिलाउन अनु्रोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार