२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति

काठमाडौ, १६ फागुन । नेकपा माओवादी केन्द्र ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गरेका छन । बुधवार केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन गरेको थियो । बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन । बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताएका हुन । उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएकोमा असहमति रहेको बताएका हुन ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुंग्याएकोप्रतिपनि आफ्नो असहमती रहेको उनले उल्लेख गरेका हुन । कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो ।

उनले आफ्नो असहमतीका बुँदाहरु स्थायी कमिटी सदस्यहरुलाई बाँडिदिएको बताएका हुन । उनले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमती राख्न पाइन्छ भनेर सकारात्मक रुपमा लिएको पनि बताएका हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस