काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा को हुन्छ र को हुँदैन भनेर अहिले भन्न सकिने अवस्था नभएको बताएका छन् ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशनमा बोल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको यो अवस्थामा सरकारमाको हुने र को नहुँदैन भनेर भन्न सकिने अवस्था नभएको बताएका हुन् ।
सत्ता गठबन्धनमा खटपट सुरु भएको र माओवादीले एमालेसँग सहकार्यको तयारी गरेको भन्ने हल्ला चलिरहेको बेला ओलीबाट यस्तो अभिव्यक्ति आएको हो । ओलीले भने ‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन ।
तर यहाँ संसदमा पनि नभएको पार्टी पनि , एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको बताए । संविधान , कानुन कहिँ कतै त्यस्तो व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुँने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले पार्टी त्यस्ताभित्र नपर्ने समेत बताए ।’
सरकारमा को हुन्छ र को हुँदैन भनेर अहिले भन्न सकिदैन : ओलि
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस