२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

भोलिदेखि तेस्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता शुरु

दाङ, १९ फागुन । दाङको घोराहीमा तेस्रो  खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको हुन  लागेको छ । नेपाली कांग्रेसका स्वर्गीय खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आइतबार फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन लागेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए । नेपाली कांग्रेस दाङको आयोजक रहेको भलिबल प्रतियोगितामा खेलको विकाससँगै खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नेता  खड्काको स्मृतिमा घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुने समेत जानकारी दिइएको छ ।

 प्रतियोगिताका लागि खेल मैदान निर्माण, मञ्च व्यवस्थापन, अतिथिहरूलाई निमन्त्रण लगायतका काम सकिएको डाँगीले बताए ।  प्रतियोगितामा जिल्लाका ९  वटा स्थानीयहरूको सहभागिता हुने रहने छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको  प्रतियोगितामा सहभागिता हुने नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले बताए ।  

जिल्लाका १० वटै स्थानीय तहहरूलाई सहभागिताका लागि पत्राचार गरिएको भएपनि गढवा गाउँपालिकाको टिम सहभागी हुन नसकेको उनको भनाइ छ  ।  प्रतियोगिता नकआउटका आधारमा खेलाइने खेलको विजेता टिमले उपाधिसँगै नगद २ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई जिल्लामा ल्याएर नयाँ खेलाडीहरूसँग खेलाउँदै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगितामा सहभागी टिमहरूलाई २  जना राष्ट्रियस्तरका खेलाडीहरू समेत सहभागी गराउने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आइतबार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस