२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

मुख्यमन्त्री चौधरी र विपक्षीदलका नेता बिच भेटवार्ता

दाङ, २० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा बीच भेटवार्ता भएको छ । छलफलमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूर्णताका विषयमा छलफल भएको छ ।

छलफलमा संसदीय समितिहरूको आउँदो बैठक अघिनै सभापतिको निर्वाचन गरि सक्ने सहमति भएको छ । त्यसै गरेर समृद्ध प्रदेश बनाउन सहमतिका साथ अघि बढ्ने कुरा भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटवार्ता मुख्यमन्त्री निवास प्रदेश प्रशासनिक परिसर राप्ती उपत्यकामा भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस