२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

बालुवाटारमा प्रचण्ड, के.पि र रबिको भेट, सत्ता गठबन्धनको बैठक सोमबार बिहान बस्ने

काठमाडौं, २० फागुन । सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको  देख्न सकिन्छ । आइतबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर कांग्रेस र माओवादीबिच दूरी बढिरहेका बेला विपक्षीले भेटघाटलाई तिब्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता सहकार्यबारे नयाँ सहमति गरिने बुझिन्छ । माओवादीबाट सो छलफलमा वर्षमान पुन सहभागी भएको जनाईएको छ । ओली र दाहालबीचको निर्णायक भेटवार्तामा रास्वपाका सभापति रवि लामिछाने पनि मिसिएको स्रोतको दाबी छ ।

उता, नेपाली कांग्रृसका सभापति शेरबहादुर देउवाले भने सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन् । देउवाले भोलि नै संसदीय दलको बैठक बोलाएका छन् । यस्तै साँझ विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका प्रचण्डले सोमबार बिहान सत्ता गठबन्धन दलहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस