२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने छ: मन्त्री शर्मा

दाङ, २१ फागुन । सञ्चार तथा  सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने बताएकै हुन ।

माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई जसरी पनि टुंगोमा पुर्याउने बताएकि हुन । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको पनि उनले स्पष्ट पारेकी हुन ।

अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउदै उहाँले पार्टी पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट पारेकी हुन । पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उनले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताएकि हुन ।

उनले स्थानीय समितिहरु नै पार्टीका आधार भएकाले स्थानीय पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताएकि हुन । वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर पार्टी व्यवस्थित गर्नुपर्ने बताएकि हुन ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्यले स्थानीयस्तरका जनसरोकारका काम स्थानीय पार्टी कमिटीले गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थानीय नेता कार्यकर्ताको क्षमता विकास गर्नुपर्ने बताएका हुन । उनले पार्टीले चाल्ने कदमको दृढतापूर्वक कार्यान्वयन गर्न पनि सबै कार्यकर्तालाई निर्देशन दिएका हुन ।

माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा  केन्द्रीय सदस्य भीमकुमारी बुढा, प्रदेश सदस्यहरु तुलसी डागी, प्रमिता चौधरी, जिल्ला सचिव विश्वराज  आचार्यलगायतले बोलेका थिए । सो क्रममा  पार्टी कार्यालय व्यवस्थापनमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस