२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने

काठमाडौ,२१ फागुन । सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ । 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर कांग्रेस र माओवादीबिच दूरी बढिरहेका बेला सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका हुन् ।

उनले भन्ने प्रचण्डजीले गठबन्धन टुटाउन चाहे हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस