काठमाडौ,२१ फागुन । आज बोलाइएको संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
काङ्ग्रेस माओवादी सहितको सत्ता गठबन्धनमा परिवर्तनको हुने भएपछि आजको बैठक स्थगित भएको हो ।
अहिले आफूहरुलाई प्रतिनिधि सभाको बैठक स्थगित भएको मौखिक जानकारी गराइएको र केही बेरमा सूचना आउने संसद् सचिवालका एक कर्मचारीले बताए ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सम्बोधन गर्ने कार्यतालिका थियो । कांग्रेस–माओवादीको गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बन्ने भएपछि आजको बैठक स्थगित हुने भएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार