काठमाडौ,२१ फागुन । सोमबार सत्ता समीकरण फेरबदल भएपछि नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आज नै शपथ लिने भएका छन् ।
नयाँ सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका हुन् ।
एमाले, माओवादी र रास्वपाका एक-एक जना नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ ।
उनकाअनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुने बताएकाअ हुन् ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार