२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

प्रदेश सरकार पनि हेरफेर हुँदै

काठमाडौं, २१ फागुन । संघीय गठबन्धनमा हेरफेर भएपछि प्रदेश सरकारका मुख्यमन्त्री पनि फेरिने भएका छन् । माओवादी केन्द्र र एमालेले सत्ता गठबन्धन हेरफेरका क्रममा मुख्यमन्त्री फेर्ने सहमति गरेका छन् ।

उनीहरूबीच भएको सहमतिअनुसार तत्कालका लागि भने कांग्रेसले लिएका मुख्यमन्त्रीहरू फेरिने भएका छन् । कांग्रेसले मुख्यमन्त्री लिएका गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एमालेले लिनेछ ।

माओवादीले लिएका बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री कायम रहनेछन् । गठबन्धनको अर्को दल जसपाले मधेश प्रदेशको मुख्यमन्त्री भने निरन्तरता पाउनेछ । यद्यपि, नयाँ गठबन्धनका दलहरूबीच मुख्यमन्त्री आलोपालोमा हुने पनि सहमति जुटाएका छन् ।

माओवादी नेताले दिएको जानकारी अनुसार मुख्यमन्त्री आलोपालोमा जाने गरी सहमति भएको र त्यसको असर राष्ट्रियसभा अध्यक्षमा पर्नेछ । अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने गरी छलफल अगाडि बढेको छ । २९ फागुनमा राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस