काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदलाई शपथ गराइन् । १२ माघमा भएको राष्ट्रियसभा चुनावबाट निर्वाचित सांसदहरूले आज शपथ लिएका हुन् ।
राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा सकिन्छ । यसरी रिक्त हुने पदका लागि हरेक दुई वर्षमा चुनाव पनि हुन्छ । यही प्रक्रियाअनुसार १९ जन सांसदका लागि १२ माघमा चुनाव भएको थियो । निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाको समेत पदावधि सकिएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार