२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

नयाँ गठबन्धन सरकारको भागबण्डा आजै नटुङ्गिने

काठमाडौं, २२ फागुन । काङ्ग्रेस माओवादी सहितको गठबन्धन सरकार भत्किएपछि एमाले, माओवादी लगायतको नयाँ सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिन नसक्ने बताइएको छ । नयाँ गठबन्धन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीको अहिले औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताहरुले बताएका  छन् । 

माओवादी महासचिव देव गुरुङले , ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ  बताए ।’ यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना न्यून रहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउन नसक्ने र सबै छलफल गर्नुपर्‍यो बताए  ।’

यस्तै जसपा प्रवक्ता मनिस सुमनले पनि प्रदेश र केन्द्रमा पनि शक्तिको बाँडफाँट गर्नुपर्ने भएकाले समय लाग्ने बताइएको हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस