काठमाडौ, २२ फागुन । नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ । मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो ।
गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ । तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार