
काठमाडौं, २२ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् ।
सरकारको लागी नयाँ गठबन्धन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीको बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास पुगेका बेला कुराकानीमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी सरकारमा जाने अडान लिएका हुन् ।
कुराकानीका क्रममा उनले वाम एकताको माग गरेको अध्यक्ष नेपालको सचिवालयले पुष्टि गरेको छ । एकीकृत समाजवादीलाई पनि नयाँ सरकारमा सहभागी गराउने पहलस्वरुप ओली र प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार