काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको म्यान्डेटलाई दोस्रोपटक गम्भीर कुठराघात गरेको निष्कर्ष निकालेको छ ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका हुन् ।
यस्तै उनले प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थीरता तर्फ लैजादै र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा ढकेलेको बताए ।
कांग्रेससँगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पित भएको भन्दै गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता विपरित रहेको बताएका हुन् । यस्तै उनले कांग्रेसका कारण गठबन्धनमा परिवर्तन नभएको पनि स्पष्ट पारे ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार