२०८१ पुष ६ गते शनिवार | 2024 December 21st Saturday

सत्ताको निम्ति लड्न काठमाडौं हैन, सामुहिक स्याउ खेति गर्न विप्लव जुम्ला जादै

काठमाडौं, २३ फागुन । यतिबेला नयाँ सरकार बनाउने भन्नेमा संसदीय दलका नेता हरु काठमाडौंमा भेटबार्ता गरिरहेका छन तर नेकपाका महासचिव विप्लव भन्ने आत्मनिर्भर देश , आत्मनिर्भर जनता हुनुपर्छ भन्ने उदेश्यले सामुहिक रुपमा स्याउ खेती गर्न जुम्ला लागेका छन ।

जुम्लाको हिमा गाउँपालिकामा १० हजार स्याउका विरुवा रोप्नका लागी उनि जुम्ला जान लागेको बताइएको छ । त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही (प्रभाजित सि) का अनुसार पार्टीको कार्यक्रम अनुसार पार्टीले लिएको कृषि उत्पादन लक्ष्य अनुसार आफुहरुले स्याउ रोप्न लागेको  बताएका हुन् ।

त्यस क्षेत्रमा फागुन २५ गते देखी १० हजार भन्दा बढी स्याउका विरुवा रोपिने कार्यक्रम रहेको छ । स्याउ खेतिका लागि विप्लव र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड जुम्ला जान लागेका हुन । नेपाल कम्यूनिष्ट पार्टीका अनुसार २४ गते उहाँहरु जुम्ला पुग्ने र २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टीले जानकारी दिएको छ । सामुहिक स्याउ रोप्ने कार्यक्रमका लागि फागुन १५ गते देखी स्थानीय स्तरमा तयार भईरहेको छ । स्थानीय स्तरमा प्रभाजित सी, अर्जुन सी लगायतका नेताहरुको अगुवाईमा कार्यक्रमको तयारी भईरहेको बताइएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सि, नेता प्रकाण्ड सि सहितका आधा दर्जन स्थायी कमिटिका नेताहरु जुम्ला जान लागेका हुन्  । यसैगरी २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम पनि रहेको छ । २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि नरहरीनाथ तिर जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस