२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

घरमा सम्मान पाउने अबस्था छैन

दाङ, २४ फागुन । परिवारबाटै सम्मान नपाएको महिला बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ८ मार्चको सन्दर्भमा आयोजना गरिएको ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा र दुब्र्यबहार बिरुद्धको साहित्यिक काब्य  कार्यक्रममा श्रष्टाहरुले सम्मान परिवारबाट हुन नसकेको बताएका हुन । 

महिला हिंसा घरबाटै हुदै आएको छ । यसलाई न्युनिकरण गर्दै जानुपर्छ,साहित्यकार निर्मला डाँगीले भनिन । अर्का साहित्यकार भवानी न्यौपानेले हामी नारी यस धर्तीका श्रृष्टीकर्ता भन्ने कविता वाचन गरिन । अपाङगता भएकी साहित्यकार मन्जु कँडेलको सृजना थियो,चेलीको पुकार राज्यले सुन्दैन,बरु चोर पक्राउ पर्ला महिला माथि हुने हिंसा र दुब्र्यबहारमा संलग्नलाई कारर्बाही नै हुदैन ।

उदाहरण कार्य गर्दै जानु,दिदी बिहिनी समाजमा चेतना छर्दै जानु भन्नुभयो,अर्का अपाङगता भएका ब्यक्ति साहित्यकार सुरेश बिकले । सो अवसरमा माध्यामिक बिद्यालय बालापुरकी समिता मियाँ, माबि सेन्टरका अम्रीक्षा चौधरी, कुस्मा शर्मा, निर्मला ओली, यशोदा बस्नेत, माबि कालाखोलाका अर्जुन बिकले महिला अधिकार, महिला हिंसा बिरुद्ध र राज्यका बिभिन्न तहमा महिलाको सम्मानजन सहभागिताको बारेमा आफ्ना रचना वाचन गरेका थिए। 

शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा बिषय प्रबेश शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गरेका थिए । सो अवसरमा माबि तुलसीपुर सेन्टरका शिक्षीका मेनका भण्डारी र माबि बालापुरका शिक्षीका उषा गौतमले आ-आफ्ना धारणा राखेका थिए ।

स्वागत मन्तब्य सहसचिव माधव बस्नेतले र सहजिकरण सदस्य भिमलाल मरासीनिले गरेका थिए । शान्ति समाजले मार्च ८ लाई अन्तराष्ट्रिय दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस