
जुम्ला, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आज जुम्ला जिल्लाको हाडुल्लेमा संसारलाई ऐतिहासिक सन्देश दिने गरी स्याउ रोपणको उद्घाटन गरेका छन ।
नेपालका संसदवादी राजनीतिक पार्टीका नेताहरु काठमाडौं केन्द्रीत भएर सत्ता र कुर्सीको लागि दौडधुप गरिरहेको बेला नेकपाका महासचिव विप्लव भने देश र जनतालाई आत्मनिर्भर बनाउने महान योजनाका साथ जुम्ला पुगेर स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन ।
नेकपाको यो महान कार्यले देशलाई नयाँ सन्देश दिएको छ । चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग रुवरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरेका थिए ।
स्याउ रोपणको उद्घाटनसंगै महासचिव विप्लवले ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउदै चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होईन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ,विचलनता देखिएको छ, यसलार्ई चिर्न आफुहरुले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति आगाडि बढाएको बताए ।’
उनले ‘तराईमा धान,तोरी तरकारी,पहाडमा फलफुल,र हिमालमा फलफुल तथा जडिवुटी उतपादनको अभियानमा आफुहरु रहेको बताए’ उनले भन्ने कृषिपछि साना उद्योगमा जादैछौ,फर्निचर तथा अन्य साना उद्योगमा जान्छौं ,आफ्नै क्षमतालाई जोडेर अगाडि जाने प्रयासमा छौ, तर राज्यले जनतातिर सहयोग गर्ने नीति बनाउन सकेन,हजारौं स्याउका विरुवा राज्यसंग छ,तर हामीलाई कानुनको कुरा गरेर सहयोग गर्न सकेन ।’
महासचिव विप्लवले क्रान्तिको चाहानालाई रुपान्तरण गर्ने योजना राज्यसंग नभएको र एनसेल काण्ड,अन्य विभिन्न काण्ड,सरकारको अस्थिरता जस्ता विषयहरु छन,यसले देशलाई परनिर्भर बनाएको बताए । यस्तै एमसीसीका माध्यमबाट साम्राज्यवाद आउन खोजेको र यूरोपमा द्धन्द्ध चर्किरहेको विषयले विश्वयुद्धको सकेत गरेको टिप्पणी समेत गरे । यस्तै उनले व्यवस्थाको असफलता र राष्ट्रको अस्थिरताको अन्त्यको लागि समाजवादी मोर्चा बनेको र यसले आफ्नो लक्ष्य अनुसार अगाडि जाने बताए ।
विप्लवले स्थानीय पार्टी नेता, कार्यकता,जनप्रतिनिधि,पत्रकार,लगायत सबैलाई विशेष धन्यवाद दिर्दै जुम्लामा युद्धकालमा समेत बसेकोले जुम्ली जनतासंग गहिरो सम्वन्ध गरेहको बताए ।
उद्घाटन कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सम्वोधन गर्दै विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर हामी सबैको योजना भएको बताए । अध्यक्ष धितालले नेकपाको यो योजनाले आफूलाई गौरवान्भित बनाएको समेत बताए ।
उद्घाटन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी, नेकपाका केन्द्रीय सदस्यहरु विराट,विबेक,बलवान, अर्र्जुन,अडिक,दिनेश, प्रभाजित,समाज कृष्ण सी,पत्रकार,जनप्रतिनिधि लगायतको उल्लेखिय सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता प्रभाजित सीले गरेका थिए भने संचालन समाज सीले गरेका थिए ।